|

काठमाडौं : नेपाली कांग्रेसको काठमाडौं जिल्लाका सात वटा स्थानीय तहको अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ। शनिबार अधिवेशन सम्पन्न भएका बुढानीलकण्ठ, कागेश्वरी–मनहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर नगरपालिकाको अन्तिम परिणाम सार्वजनिक भएको हो।

परिणाम सार्वजनिक भएका स्थानीय तहमा मतदानबाट नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ। बुढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्। बुढाथोकी १५५ मत ल्याएका हुन्। उनका नजिकका प्रतिष्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन्। 

यस्तै‚ उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन्। सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी विजयी भए। सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ। विजयी सबै राजारामकै प्यानलका हुन्। 

कागेश्वरी–मनहराको सभापतिमा उद्धव दाहाल विजयी भएका छन्। सभापति शेरबहादुर देउवानिकट दाहाल १५१ मत पाएर विजयी भएको कांग्रेस काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए। उनका प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले १३८ मत पाएका छन्। 

यस्तै‚ तारकेश्वरका सभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन्। उनले १३५ मत प्राप्त गरेका छन्। सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो। महर्जनका प्रतिस्पर्धी श्रीराम थापाले ११४ मत ल्याए भने अर्का प्रत्यासी मुकुन्द तिमिल्सिनाले जम्मा दुई मत पाए। महर्जन नेता भीमसेन दास प्रधान निकट र थापा प्रकाशमान सिंह निकट हुन्। 

उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन्। तिमिल्सिनाले १२३ मत र अर्यालले १२५ मत पाए। सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भएका छन्। सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ।

शंखरापुर नगरपालिकाको सभापतिमा दीलिपकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले खसेको कुल १५७ मतमध्ये ८६ मत प्राप्त गरे। यस्तै‚ उपसभापतिमा मिलन खड्का र अमित प्रधान विजयी भएका छन्। सचिवमा पनि दुई जना रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भएका छन्। 

यस्तै‚ टोखा नगर सभापतिमा ओम विमली विजयी भएका छन्। ११७ मत प्राप्त गरी विमली विजयी भएका हुन्। उनका प्रतिष्पर्धी दीपक जोशीले १०६ मत प्राप्त गरे। उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी, सचिवमा नरेन्द्र बाँनिया र द्वारीका कुँइकेल र सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति श्रेष्ठ निर्वाचित भएका छन्। 

गोकर्णेश्वरको सभापतिमा कुमार लामा विजयी भएका छन्। लामाले १०९ मत प्राप्त गरेका छन्।उनका प्रतिष्पर्धी रामजी श्रेष्ठले ९३ मत प्राप्त गरे। उपसभापतिमा विकाश श्रेष्ठ र बच्चु ढुंगेल, सचिवमा जयराम विष्ट र रमेश रिजाल तथा सहसचिवमा अशोक नेपाल र गोकुल सिम्खडा निर्वाचित भएका छन्।

यस्तै‚ नागार्जुन नगर सभापतिमा दुर्गा गौतम विजयी भएका छन्। शनिबार भएको नगर अधिवेशनबाट उनी सभापतिमा विजयी भएका हुन्। 

११ वटा स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामा नेतृत्व चयनका लागि आइतबार बिहान ९ बजेदेखि मतदान जारी छ। कीर्तिपुर र चन्द्रागिरिमा सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन्। दक्षिणकालीमा भने वडा नम्बर २ को वडा अधिवेशन नै सम्पन्न हुन नसकेकाले पालिका अधिवेशन अनिश्चित बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.