पोलिटब्युरो हटाइयाे

|

काठमाडौं : नेकपा एमालेमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने भएका छन्। एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था गरेको सुनाएका हुन्। 

​अब एमालेमा अध्यक्ष एक, वरिष्ठसहित उपाध्यक्ष पाँच, महासचिव एक,  उपमहासचिव एक, सचिव सात जना रहने पौडेलले बताए। एमालेले पहिलो पटक वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको हो। 

यसअघिको प्रस्तावमा एमालेले उपमहासचिव नराख्ने प्रस्ताव गरेको थियो। नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्नकाे लागि ४५ सदस्यीय स्थायी कमिटी बनाइने भएकाे छ।

यस्तै एमालेमा अब तीन तह मात्रै रहने भएकाे छ। महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयमात्रै रहने पाैडेलले बताए। पार्टी सञ्चालनमा समस्या हुने भएकाले पोलिटब्युरोको हटाइएकाे उनले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.