|

काठमाडौं :  भारतबाट ल्याउन बाँकी कोभिसिल्ड खोपको १० लाख मात्रा नेपाल आउने भएको छ। ​

भारतको सिरम ईन्स्टिच्यूटले बाँकी रहेको खोप केही हप्ताभित्र नेपाललाई दिने भएको हो।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डाक्टर सागर दाहालका अनुसार सिरमले दुई हप्ताभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने औपचारिक जानकारी दिएको हो। उक्त खोप दशैं अघि नै नेपाल आउने भएको छ।

सरकारले भारतसँग २० लाख डोज खोप खरिद गरेको थियो। भारतमा पनि कोरोनाको महामारी बढ्न थालेपछि पहिलो प्राथमिकता आफ्नो देश भन्दै भारतले खोप निर्यातमा रोक लगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.