|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभामा दिएको अभिव्यक्तिप्रति सांसद खिमलाल देवकोटाले आपत्ति जनाएका छन्। एमाले सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रियसभाको रेकर्डबाट हटाउन समेत माग गरेका छन्। 

सांसद देवकोटाले भने, ‘संसद् नियमावलीमा सभामुख र राष्ट्रियसभाका अध्यक्षप्रति अभिव्यक्ति दिन बन्देज लगाएको छ। अधिवेशन सुरु भएदेखि नै अरु सांसदको मुख बन्द भएको छ।’

एमालेले कारबाही गरेको १४ सांसदमाथि सभामुखले कारवाही नगरेको भन्दै एमालेले प्रतिनिधिसभा र राष्टियसभामा अवरोध गर्दै आइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.