|

गुलरिया : धान तथा गहुँको कारोबार गर्छु भन्ने विश्वास दिलाई ३७ लाख ४७ हजार ५८५ रुपैयाँ ठगी फरार रहेका २ व्यक्तिलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।
कैलालीको टीकापुर नगरपालिका वडा नं ४ अस्नेरी बस्ने ललित खड्का र जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं ३ मदनचोक बस्ने महेश रोकायालाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनाविरुद्ध ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.