|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी सम्बद्ध अनेरास्ववियूले चुच्चे नक्सामा समेटिएका ठाउँमा बसोवास गर्ने नेपालीको जनगणना गर्नका लागि सुपरीवेक्षक पठाउन सरकारसँग माग गरेको छ। सरकारले जनगणना नगर्ने भएपछि अनेरास्ववियूले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेको हो।

भारतको बाटो जानुपर्ने हुँदा सुरक्षाको चुनौती हुने भन्दै तत्काल द्विपक्षीय कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्न पनि अनेरास्ववियूले माग गरेको छ।

‘जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई माग प्रयोग गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न जनगणना सुपरीवेक्षक पठाउन सरकार परराष्ट्र मन्त्रालयसँग जोडदार माग गर्दछौँ’‚ विज्ञप्तिमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.