|

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदैछ। 

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र सरकारसँग सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली जान लागेको हो। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका लागि उनीहरुलाई भारत पठाउन लागेका हुन्। 

प्रतिनिधिमण्डलमा महतसहित नेताहरू उदय शमशेर जबरा र अजय चौरसिया छन्। उनीहरु आज बिहान ११ बजेपछि भारत प्रस्थान गर्ने जबराले जानकारी दिए। भाजपाका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणमा टोली त्यसतर्फ जान लागेको हो। 

भ्रमणका क्रममा भाजपा र सरकारका उच्च अधिकारीसँग भेट गरी दुई पार्टीबीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको सम्बन्ध विकासमा सघाउ पु¥याउने गरी आफूहरू भारत भ्रमण जान डा. महतले बताए। 

नयाँ दिल्ली, लखनउ र बनारसमा हुने छलफलले दुई देशबीच एक अर्काप्रतिको चासो र चिन्तालाई सम्बोधन गर्न र कुनै समस्या देखिए तत्काल समाधान गर्न पनि सघाउ पु¥याउने उनीहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.