पार्टीको तर्फबाट ५० प्रतिशत महिला सरकारमा पठाएको दाबी

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। 

पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उस्तै परे आजै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ। आजै शपथ ग्रहण हुन्छ होला।’ प्रचण्डले यसअघि पनि नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सोमबार नै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका थिए।  पार्टीको तर्फबाट सबै क्षेत्रलाई समेटेर अगाडि बढाएको समेत बताए। 

प्रचण्डले भने, ‘हाम्रो तर्फबाट सबै क्षेत्रलाई समेटेर अगाडि बढेका छौँ।  बिशेष गरेर महिलालाई अगाडि बढाएका खोजेको छौँ। संविधानमा महिलालाई ३३ प्रतिशत अनिवार्य भनिएको छ। तर, हामी पार्टीमा चाहिँ ३५ पुर्‍याउने भन्नेका छौँ। अहिले सरकारमा पार्टीको तर्फबाट पठाउँदा मद्येशी, जनजाति दलित सबै समुदायलाई समेटेका छौँ।’  माओवादीबाट सरकारमा ५० प्रतिशत महिलालाई पठाएको समेत दाबी गरे। 

पार्टीबाट देवेन्द्र  पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ। माओवादीबाट सरकारमा यसअघि जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री नियुक्त भइसकेका छन्।

पौडेल बागलुङबाट निर्वाचित सांसद हुन्। शशी श्रेष्ठ अहिले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य छिन् भने बोधमाया माओवादी जनयुद्धमा मारिएका रामवृक्ष यादवकी छोरी हुन्।

माओवादीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ मन्त्रालय र १ राज्यमन्त्री पाउने सहमति बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.