|

काठमाडौं : नेपाली फिल्म 'डाँडाको बरपिपल' को गीत 'तिमी साथमा हुँदा' सार्वजनिक भएको छ।

सुगम पोखरेल र जीना रसाइलीको स्वरमा रहेको गीत बिहीबार बूढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। 

रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा सलोन बस्नेत र रुबिना थापाको नृत्य तथा अभिनय छ। नवराज गिरीको शब्द रहेको गीतमा अलिश कार्कीले संगीत भरेका हुन् भने एरेन्ज शैलेन्द्र एम प्रधानले गरेका छन्। 

यसअघि 'डाँडाको बरपिपल'को 'देउराली बनेछ ढुंगाको' र 'रुन्छ नि मेरो मन' सार्वजनिक भइसकेका छन्।

नवराज गिरीको निर्माण तथा सोभित बस्नेतको निर्देशनमा बनेको फिल्म फूलपाती अर्थात असोज २६ देखि प्रदर्शनमा आउँदैछ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.