|

जुम्ला : जिल्लाको तातोपानी गाउँपालिका–५ लाम्रागाउँमा आगलागी हुँदा एक घरमा क्षति भएको छ।

बिहीबार बिहान माधवप्रसाद चौलागाईंको घरमा पूजा गर्ने क्रममा दियोबाट आगलागी भएको हुन सक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए। उनले भने, ‘चौलागाईंको तीनतलाको घर हो। एक तला जलेर पूर्णरूपमै नष्ट भएको छ।’

दियो ढल्केर घरमा आगलागी हुँदा एउटा तलामा रहेको लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ। आगलागी पीडित माधवप्रसाद चौलागाईंले भने, ‘बिहान पूजा सकेर गाउँमा भएको बिहेमा गएका थियौं । एक्कासी आगलागी भयो।’

दिउँसो भएकाले आधा घण्टामै आगो नियन्त्रण भएकाले घर पूर्णरूपमा क्षति हुन जोगिएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईंले बताए। उनले भने, ‘धनमाल क्षति भए पनि मानवीय क्षति हुनबाट जोगियो।’ सडकको सहज पहुँच भएकाले चन्दननाथ नगरपालिकाको दमकल र सुरक्षानिकायको सहायताले आगो नियन्त्रणमा आएको हो।
 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.