|

काठमाडौं : डिसहोमले कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई छात्रवृत्ति दिने भएको छ। डिसहोमका लगानीकर्ता, कर्मचारी, देशभरका डिलर तथा सब डिलरले छात्रवृत्तिबापतको रकम दिने भएको हो।

छात्रवृत्तिका लागि यस वर्ष ४० लाख रुपैयाँ खर्च गर्ने कार्यक्रम रहेको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य जानकारी दिए। ‘भरोसा छात्रवृत्ति अभियान’अन्तर्गत विद्यालय तहका बालबालिकालाई मात्र समावेश गरिने जनाइएको छ।

आचार्यका अनुसार विद्यार्थी छनोट गर्दा मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लालाई प्राथमिकतामा राखिएको छ। तर, अभियानले सातवटै प्रदेशमा काम गर्ने उनले बताउ।

अभियानको नेतृत्व नेपाली कांग्रेसका नेता गगन थापा, डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य, तथ्यांक संकलनमा कार्यरत संस्था फ्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत मनिष झा, सिन्धुपाल्चोकलाई प्रमुख कर्मथलो बनाएर शिक्षा क्षेत्रमा कार्यरत संस्था हेल्प नेपालका सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डा रहेका छन्।
यो वर्ष सुरुआत भएकाले आगामी वर्ष अभियानलाई विस्तृत बनाउने गरी गृहकार्य भएको समेत आचार्यले ‘यो वर्ष सांकेतिक सुरुआत मात्र हो’, आचार्यले भने, ‘आगामी वर्ष कार्यक्रमको ढाँचालाई परिमार्जनसहित विस्तृत बनाउँछौं।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.