|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका क्षमतावान र योग्य नेतालाई आफूले मन्त्री बनाउन नसकेको बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाको ‘विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन सरकार भएकाले पार्टीका क्षमतावान र योग्य व्यक्तिहरुलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउन नसकेको प्रष्टीकरण दिएका हुन्।

‘मन्त्रिपरिषद्ले पूर्णता पाएको छ‚’ उनले भने‚ ‘तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरूलाई मन्त्री बनाउन सकिएन। यसमा म दुःखी छु।’

प्रधानमन्त्री देउवाले अहिले छुटेकालाई आगामी दिनमा उचित जिम्मेवारी दिने पनि आश्वासन दिए। देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनपछि शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका छन्। गठबन्धन दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाभित्र मन्त्रीमा पठाएका ब्यक्तिका विषयलाई लिएर गुनासो बढेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.