|

सुर्खेत : शनिबार साझ ८ बजे कर्णाली राजमार्गमा बस दुर्घटना भएकाे छ। सुर्खेतबाट कालिकोट हुँदै जुम्लाका लागि छुटेको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा दुर्घटना भएको हो।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका-१ दारेभीरमा अनियन्त्रित भएर ना ६ ख ९२२ नम्बरको बस दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ।

मृत्यु हुनेमा अछाम घर भएका ७४ वर्षीय भक्तबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अरू सात जना घाइते भएका छन्।

घट्नास्थलबाट प्रहरीले घाइतेकाे उद्धार गरेको छ। बस अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.