|

संखुवासभा : धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको हो।

ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीका अनुसार आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्रयाक्टर तीनजुरेमा दुर्घटना भएको थियो। चालक दाहालको घटनास्थलमै मृत्यु भएको हो। 

ट्रयाक्टर सडकबाट ३०० मिटर तल खसेको छ। दुर्घटना भएको ट्रयाक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए। घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.