|

गुल्मी : आइतबार साँझबाट परेको अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।

कालीगण्डकी गाउँपालिकाको वडा नम्वर २ अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको कनौटा र उर्लेनीका विभिन्न स्थानमा पहिरो खसेको हो। पहिरोका कारण सडक अवरुद्ध हुँदा अर्बेनीदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने र पुर्तिघाटदेखि बुटवल जाने गाडी छुट्न सकेका छैनन्।

निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ। यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले पनि पानी रोकिएलगत्तै सडक खुलाउन डोजर पठाउने बताए।

गुल्मीका अधिकांश स्थानीय सडक पनि पहिरोका कारण अjरुद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.