काठमाडौं : बिरामी भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' नर्भिक अस्पताल पुगेका छन्।
उपराष्ट्रपति पुन मंगलबार बिहान अस्पताल पुगेको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।
एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्। अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था जटिल नरहेको बताइएको छ।
वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा राम्रो सुधार आएको र बुधबारसम्म डिस्चार्ज गर्न सकिने जानकारी दिएको मगरले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।