|

बझाङ : ७२ घण्टापछि उद्धारका लागि औषधिसहित नेपाली सेनाको हेलिकोप्टर थलारा पुगेको छ। आइतबार साँझदेखिको निरन्तरको वर्षाले बझाङ जिल्लाका सबै स्थानीय तहमा क्षति भएको छ।

वर्षाका कारण थलारा गाउँपालिका वडा ४ डिक्लाका सार्की परिवारका १९ जना र पार्की परीवारका ४ जना बेपत्ता भएका छन्।

त्यस्तै, १७० घर विस्थापित भएका छन्। अहिले उनीहरू नजिकै रहेको त्रिभुवन माध्यमिक विद्यालय बसेका छन्। ७ घर पूर्ण रूपमा पुरिएका छन्।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि राहत सामग्री र औषधि लिएर हेलिकोप्टर घटनास्थल थलारा पुगेको डिएसपी रुपक खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.