|

विराटनगर  : बाढी पसेर अवरूद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने तयारी भइरहेको छ।

बुधबारदेखि डुबान भएको रहेको विमानस्थल शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए।

‘पानी घटि सकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ।’

विमानस्थल मंगलवार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो।

 खोला साघुरिदा डुब्यो विमानस्थल

विमानस्थल डुबानको प्रमुख कारण नजिकैको  बास्ता खोला रहेको प्रमुख खरेलले बताए।  विराटनगरका फोहोर बास्ता खोलामा फालिँएकोले फोहोरले पानी सहज रुपले बग्न नसकि हुँदा पानी बाहिर गएको उनले बताए।

बास्ता खोला साँगुरिएर विमानस्थलमा पानी पसेर विमानस्थल डुबान भएको उनले बताए। उनले थाहा खबरसँग भने, ‘तत्काल बास्ता खोलाको निकास सहज बनाउने उपाय नखोजे दीर्घकालीन रूपमा समस्या हुन्छ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.