|

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे। 

उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरु पनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए। नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफुहरुको काँधमा आएको उनको भनाइ छ।

‘हाम्रो बाजे बज्यै, हाम्रो आमा बुबाहरूले बेहोरेको भन्दापनि पृथक प्राकृतिक विपद्लाई हामीले सामना गर्नुपरेको छ। अब यहाँको लेदो, ढुंगामाटो बगेर गएपछि हाम्रो छिमेकी मित्रराष्ट्रमा पुग्ने भयो। गर्दागर्दै अरु छिमेकी राष्ट्रमा पुग्ने भयो। उनले भने, ‘अब हाम्रो हिमालको उचाइ घट्ने अनि समुद्रको सतह बढ्दा समुद्री किनारलाई पनि त्यसले गम्भीर प्रभाव पार्छ। खाली नेपालको मात्र सवाल भएन। त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालको प्राकृतिक प्रकोपका चुनौतिहरु सामना गर्न कसरी हामीले साथै लिएर हिँड्ने? यो धेरै ठूलो चुनौती हाम्रो काँधमा आएको छ।’

गृहमन्त्री खाँणले विपद् व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए। सबै नेपाली एकजुट भएर विपतको सामना गर्नुपर्नेमा पनि उनले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.