|

काठमाडौं : दशैँ मनाएर काठमाडौं फर्कन थालेका कैयौं यात्रु बेमौसमी वर्षाका कारण विभिन्न ठाउँको बाटो अवरुद्ध हुँदा बिचल्लीमा परेका छन्।

अर्बौ‌को बालीनाली नष्ट भएको छ। प्रहरीका अनुसार कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय १२ जनाको मृत्यु भएको छ।

बाढीपहिरोमा परी प्रदेश २‚ लुम्बिनी र कर्णाली प्रदेशमा १/१ जना‚ प्रदेश १ मा ११ जना र सुदूरपश्चिम प्रदेशमा २२ जना गरी जम्मा ३६ जना बेपत्ता भएका छन्स। मयमै सजग हुन सके यस्ता प्रकोपबाट छुटकारा पाउन सकिने भूगर्भविद् श्रीकमल द्विवेदी बताउँछन्।

उनका अनुसार यस्ता छन् प्रकोप आउने अवस्था :
-भल तर्काउन नाला नबनाईकन सडक बनाउँदा बाटो भत्किने वा पहिरो जाने जोखिम हुन्छ।
-धेरैजसो पहिरोका कारक त्यस्तै भल तर्काउने नाला नभएका नयाँ सडकहरू हुन्।
-भल तर्काउने नालाबिनाका सडक निर्माणलाई जारी राख्ने हो भने त्यस्ता भेल बढ्दै जानेछन्।
-नाला भएका कच्ची वा पक्की सडकका नाला पुरिएर भल जथाभावी बग्नाले पहिरोको प्रकोपमा परेका छन्।
-सडक खन्दा निक्लिएका ढुंगामाटो खोल्साखोल्सीमा जथाभावी फाल्दा वर्षाको भेलमा प्रकोपकै रूप लिन्छ।
-पहाडी भेकका नयाँ वा पुराना सडकका भल पहिरोले गर्दा जनधनको ठूलो क्षति निम्त्याएका छन्।

बच्ने उपाय :

-​वेला वेला थुनिएका पुरिएका नाला सफा अनि व्यवस्थित गर्ने हो भने धेरै पहिरोको जोखिम टार्न सकिन्छ।
-धाजा फाटेका वा चिरा परेका ठाउँमा पानी छिर्न दिनु हुँदैन, जतिसक्दो छिटो भल तर्काएर कटाउनुपर्छ।

​-भल तर्काउने कुलेसो(नाला) भत्केका वा पुरिएका छन् कि भनी रेखदेख गर्ने, सफा गर्ने काम समुदाय आफै‌ंले गर्नुपर्छ।
-स्थानीय तह र समुदाय आफै‌ं चनाखो भएर भल तर्काउने,कुलेसो के कस्ता अवस्थामा छन्? निरन्तर निगरानी गर्ने हो भने प्रकोप टार्न सकिन्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.