|
अन्तरक्रियामा बोल्दै गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा। तस्वीर सौजन्य : कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय

कास्की :  गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा उनले स्थानीय तहको कानुन बनाउँदा प्रदेशसँग नबाझिने गरी बनाउने बताए।

मन्त्रालयले पुनरावलोकन समिति गठन गरेको र स्थानीय तहको कानुन निर्माणमा देखिएका समस्या सो समितिमा राखेर प्रक्रियागत ढंगबाट सम्बोधन गरिने उल्लेख उनले गरे।

‘हामीले पुनरावलोकन समिति गठन गरेका छौं। स्थानीय तहलाई काम गर्न सहज हुने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ। स्थानीय तहको कानुन बनाउँदा प्रदेशसँग नबाझिने गरी बनाउने प्रयत्नमा छौं। त्यसैले स्थानीय तहमा देखिएका समस्यालाई पुनरावलोकन समितिमा राखेर सम्बोधन गरिनेछ’, उनले भने।

मन्त्री थापाले जनताले अपनत्व गर्ने कानुन निर्माण गरी सहज र सरल रुपमा सेवा प्रवाह गर्न म्याग्दीका स्थानीय तहलाई निर्देशन दिए।

यो सरकार जनताको सरकार हो, त्यसैले जनताले संघीयताको अपनत्व गर्ने गरी नीति निर्माण बनाउनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.