|

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ३ मा नेकपा (एमाले)को वडा कमिटीमा महिला मात्र निर्वाचित भएका छन्। आइतबार सम्पन्न वडा अधिवेशनबाट निर्वाचित ३१ सदस्यीय वडा कमिटीमा महिला मात्र छन्।

कमिटीको अध्यक्ष तारमिला राई, उपाध्यक्ष कमलकुमारी राई, सचिव सम्झना राई, उपसचिवहरू अस्मिता राई र प्रेमकुमारी विक चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष राईले पार्टीले दिएको जिम्मेवारी मनबाटै पूरा गर्दै नेकपा एमालेलाई वडामा सधैं पहिलो पार्टी बनाउने बताइन्।

कात्तिक ६ गतेदेखि शुरु भएको एमालेको वडा अधिवेशनअन्तर्गत खोटाङको ७२ वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ। ७९ वडा रहेको जिल्लामा सात वडामा अधिवेशन हुन सकेको छैन। प्राविधिक कारणले हुन नसकेको वडामा पनि सोमबार र मंगलबारमा सर्वसम्मत नेतृत्व चयन गर्ने नेकपा एमालेका खोटाङ जिल्ला अध्यक्ष राम दंगालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.