|

काठमाडौं :  काठमाडौंबाट ११ जना अफगानिस्तानका नागरिक पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको हाे। सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको ब्यूरोको टोलीले छापा हानेर नियन्त्रणमा लिएको ब्यूरो प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए। 

उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका थिए। काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो। पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ।

काठमाडौंस्थित युएनएचसीआरले गुपचुपरुपमा अफगानिस्तानका नागरिकलाई अस्थायी आश्रय दिएर राखेपनि सरकारले थाहा पाएको थिएन। 

मन्त्रालयको निर्देशनपछि दक्षिणतर्फको सीमा नाकालाई कडाआइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.