|

काठमाडौं : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

महोत्तरीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पिपरा गाउँपालिकामा ज १२ प ४९७७ नम्बरको स्कुटरले सिन्धुली मरिण गाउँपालिकाका ३८ बर्षीय हरिबहादुर भुजेललाई ठक्कर दिएको थियो। 

जनकपुरबाट जलेश्वरतर्फ छुटेको स्कुटरले ठक्कर दिएर घाइते भएका उनको जानकी हेल्थ केयरमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ। 

यस्तै‚ मकवानपुर हेटौँडा उपमहानगरपालिका ८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार पुरुषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका रिक्सामा सवार ४५ वर्षीय पदमबहादुर बिकको उपचारको क्रममा चुरे हिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।फायरलाइनबाट मनकामना चोकतर्फ छुटेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरित दिशाबाट जाँदै गरेको ना २ ह ५८६५ नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो। 

यस्तै‚ सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर चोकमा गएराति बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७७८४ नम्बरको बसले पैदल हिँडिरहेकी स्थानीय ४५ वर्षीया ठण्डेश्वरी भगतलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.