|

काठमाडौं : चेल्सी र आर्सनल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। 

गएराति साउथ ह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। त्यसअघि निर्धारित समयमा चेल्सीका काइ ह्याभर्टज्ले ४४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर ४७ औं मिनेटमा साउथ ह्याम्पटनका चे एडम्सले बराबरी गोल फर्काए। 

गएराति नै भएको खेलमा आर्सनले लिड्स युनाइटेडमाथि २–० को जित निकाल्यो। उसका लागि कलुम च्याम्बर्सले ५५ औं र एडी एनकेटिआले ६९ मिनेटमा गोल गरेका हुन्। गएराति नै सन्डरल्याण्डले पनि क्युपीआरलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। 

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा सन्डरल्याण्ड ३–१ ले विजयी भएको हो । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.