|

खोटाङ : नेकपा (एमाले) स्थानीय तह स्तरीय अधिवेशनअन्तर्गत खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ। दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार अधिवेशन भएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन्। यस्तै‚ आठ गाउँपालिकामध्ये कोपिलासगढीको अध्यक्षमा खगेन्द्र राई, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा टेकेन्द्र राजभण्डारी, रावाबेँसीको अध्यक्षमा बलराम रिजाल चयन भएका छन्।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँ कमिटीको अध्यक्षमा कृष्ण कार्की, साकेला गाउँ कमिटीको अध्यक्षमा आश्विनचन्द्र राई, खोटेहाङ अध्यक्षमा विकास राई, जन्तेढुंगाको अध्यक्षमा यमकुमार राई र वराहपोखरीको अध्यक्षमा दीर्घ मगर सर्वसम्मत चयन भएको एमाले खोटाङका अध्यक्ष राम दंगालले जानकारी दिए।

स्थानीय तह अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय कमिटी गठन हुने व्यवस्था अनुसार जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाएका एमालेले जनाएको छ। जिल्लाका ७९ वडामध्ये ६ कात्तिकदेखि ८ कात्तिकसम्ममा ७८ वडामा सर्वसम्मत नेतृत्व चयन भएको भइसकेको छ। हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ को अधिवेशन भने प्रतिनिधि चयन गरेर स्थगित भएको छ। ७८ वडा अधिवेशनबाट २ हजार ४१८ वडा स्तरिय नेता तथा कार्यकर्ताले वडामा नयाँ जिम्मेवारी पाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.