|

काठमाडौं : नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन्।

एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो।

अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ।

यस्तै ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ।  एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन भएकी छन्।

गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष भएका छन्।  बागमतीमा नवराज सञ्जेल, महांकालमा पुरुषोत्तम हुमागाईं र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.