|

काठमाडौ : नेपाली बजारमा दशैंपछि लगातार बढेको सुनको मूल्य बुधबार प्रतितोला ६०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्यसूचीअनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ बुधबार तेजाबी सुन मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको थियो।

बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला एक हजार २५० रुपैयाँ मूल्य कायम भएको छ। मंगलबार प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.