|

काठमाडौं : भिटेनको नामले चर्चित नेपाली र्‍याप गायक समीर घिसिङको 'गल्ली सडक' बोलको गीत सार्वजनिक भएको छ। गीत शनिबार भिटेनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

भिटेनको कन्सेप्ट तथा कम्पोजमा तयार भएको गीतको भिडियोमा पनि भिटेन देखिएका छन्। गीतको भिडियोलाई भिटेन र जेम्स लामाले संयुक्त रूपमा निर्देशन गरेका हुन्। 

यतिवेला युट्युब ट्रेण्डिङ लिस्टमा रहेको गीतलाई साढे तीन लाखभन्दा बढी पटक हेरिसकिएको छ। उक्त गीतमा भिटेनले समाजका हरेक खराब कुराको दोष आफूलाई लगाउने भन्दै प्रहरी र समाजप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

भिटेनलाई अघिल्लो वर्ष हामी यस्तै त हो नि ब्रो बोलको गीतका कारण प्रहरीले समातेको थियो। त्यस्तै उनको पारा बोलको गीत पनि विवादमा आएपछि युट्युबबाट हटाउनु परेको थियो।

भिटेनको यसअघि सार्वजनिक भएको 'क्रिमिनल' बोलको गीतलाई युट्युबमा १ करोड २० लाखभन्दा बढी पटक हेरिएको छ। त्यस्तै भिटेनका 'कथा', 'यात्रा', 'हालखबर', 'म मान्छे खत्तम' लगातका गीत चर्चित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.