|
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कांग्रेसले कात्तिक २८ गतेका लागि सानेपास्थित पार्टी कार्यालय बैठक आह्वान गरेको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै अर्को साताको आइतबार दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति रहनेछ।

पार्टीको आसन्न महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो।

बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए।

कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.