|

काठमाडौं : इङ्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिभरपुल वेस्ट ह्याम युनाईटेडसँग पराजित भएको छ। 

वेस्ट ह्यामको मैदानमा भएको खेलमा लिभरपुल ३–२ गोलले निराश भएको हो। खेलको चौथो मिनेटमै लिभपुलका एलिसनले आत्मघाती गोल गरेपछि वेस्ट ह्यामले अग्रता बनाएको थियो। ४१ औँ मिनेटमा मोहम्मद सलाहको पासमा ट्रेन्ट अलेक्जेण्डर अर्नोल्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ १–१ गोलको बराबरी भएको खेलमा ६७ औँ मिनेटमा पाब्लो फर्नाल्स र ७४ औँ मिनेटमा कर्ट जुमाले गोल गर्दै वेस्ट ह्यामलाई ३–१ गोलको अग्रता दिलाए। ८३ औँ मिनेटमा अलेक्जेण्डर अर्नोल्डको पासमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुलाई ३–२ को अवस्थामा ल्याए पनि हार टार्न सकेनन्।

गएरातिको जितसँगै वेस्ट ह्याम युनाईटेड प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। उसले ११ खेलबाट २३ अंक जोड्दा चौथो स्थानमा झरेको लिभरपुलले समान खेलबाट २२ अंक जोडेको छ। २६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ भने म्यानचेस्टर सिटी २३ अंकसहित दोस्रो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.