|

इंग्ल्याण्डले २०२२ को सेप्टेम्बर-अक्टोबरमा पाकिस्तान भ्रमण गर्ने भएको छ। ५ टी-ट्वान्टी सिरिजको साटो ७ टी-२० सिरिज खेलिनेछ। इंग्लयाण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) का मुख्य कार्यकारी अधिकारी टोम ह्यारिसनले मंगलबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष रमीज राजासँगको बैठकपछि उक्त जानकारी दिएका हुन्। आगामी वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप अघि इंग्ल्याण्डले पाकिस्तान भ्रमण गर्नेछ।

जारी विश्वकप पछि इंग्ल्याण्ड टिम पुन पाकिस्तान जानेछ। जहाँ ३ खेलको टेष्ट सिरिज हुनेछ। जुन आइसिसी टेष्ट च्याम्पियनसिपकै हिस्साका रूपमा रहने छ। ह्यारिसनले पिसिबिका तर्फबाट जारी गरेको बयानमा इंग्ल्याण्डको पुरुष र महिला टिमले पाकिस्तानमा आफ्नो प्रतिबद्धताअनुसार प्रदर्शन गर्ने जनाएको उल्लेख छ।

युएइमा भइरहेको टी-२० विश्वकप अघि इंग्ल्याण्डको पुरुष तथा महिला टिमले पाकिस्तानको भ्रमण गर्ने कार्यतालिका रहेको थयो। जहाँ पुरुष टिमले २ खेलको टी-ट्वान्टी तथा महिला टिमले भने टी-२० सँगै टेष्ट सिरिज पनि खेल्ने कार्यतालिका रहेको थियो।

तर, सुरक्षाको कारण देखाउँदे इंग्ल्याण्डले सिरिज रद्द गरेको थियो। त्यस्तै, न्युजिल्यान्डले पनि टी-२० खेल सुरू हुनु केही घण्टाअघि मात्रै सुरक्षाको कारण देखाँउदै प्रतियोगिता नखेल्ने जनाएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.