|

काठमाडाैं : नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष एवम् साहित्यकार जीवन श्रेष्ठलाई व्यथित सिन्धु-प्रतिभा सम्मान २०७८ द्वारा सम्मानित गरिएको छ। शनिबार काठमाडौंको साहित्य सदन नेपालको सभाहलमा भएको कार्यक्रममा श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो। 

साहित्य सदन नेपाल र व्यथित-सिन्धु प्रतिभा सम्मान कोषद्वारा आयोजित सम्मान अर्पण कार्यक्रममा श्रेष्ठसहित नरेन्द्रराज पौडेलसमेत सम्मानित भएका हुन्।

साहित्यकार स्व. केदारमान व्‍यथितको स्मृतिमा आयोजित गरिएको हो। व्यथित (सिन्धु प्रतिभा सम्मान कोषले बर्सेनि श्रष्ठा सम्मान गर्दै आएको छ। 

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षसमेत रहेका श्रेष्ठ जिल्लामा रहेर लामो समयदेखि साहित्य सिर्जना र पत्रकारितामा सक्रिय छन्। श्रेष्ठलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरिएको कोषका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.