|

दाङ : रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। माडी गाउँपालिका-६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।

माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन्। उनीहरूको घर्तीगाउँमै उपचार भैरहेको छ। प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.