|

सुनसरी :  सुनसरीको गढी गाउँपालिका–६ मा रहेको कोशी इँटा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ। 

उक्त इटा भट्टाका कामदार भारतिय नागरिक सरोद बरमडका ४ वर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो। 

आइतवार अपरान्ह ४ बजेको समयमा उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अबस्थामा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.