|

धनकुटा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ।

बन्दका कारण बिहानैदेखि धनकुटा भएर चल्ने लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा आउन नसकेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। बन्दका कारण कोशी पहाडी क्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरको जनजीवन प्रभावित भएको छ।

धनकुटामा विशेष गरी लामो यात्रा गरेर बिहानै राजधानीबाट आएका रात्रिबस मात्रै आएको खड्काले बताए। धनकुटामा निजी कार र मोटरसाइकल भने चलिरहेका छन्। ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन्।

धनकुटाका चोकचोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। बन्दका क्रममा कुनै अप्रिय घटना नभएको धनकुटा प्रहरी प्रमुख नहकुल पोख्रेलले जानकारी दिए।

बन्दको प्रभाव तराईका सबै क्षेत्रमा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी वासुदेव खतिवडाले जानकारी दिए। बन्दका कारण सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन्। बन्दले बजार, कलकारखानामा सामान्य प्रभाव परे पनि शैक्षिक संस्था पूर्णरूपमा बन्द भएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.