|

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताको हितमा काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन्।

मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरूले खेपिरहनु परेको समस्या, हलिया र कमैया कमलरीको समस्या समाधान गर्न आफूले पहल सुरु गरिसकेको पनि बताइन्।

मन्त्री श्रेष्ठले तल्लास्तरमा रहेका जनताको संविधानमा व्यवस्था भएको अधिकार स्थापित गर्न आफू लागिरहेको पनि बताइन्।

उनले पत्रकारजगतले सही सूचना सम्प्रेषण गरेमा मात्र समाजमा सकारात्मक प्रभाव ल्याउन सकिने पनि प्रष्ट पारिन्। अहिले अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेकाले जनतालाई सही सूचना सम्प्रेषण गर्ने गरी अग्रगमनको पक्षमा कलम चलाउनुपर्नेमा उनको जोड छ।

मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधानविरोधी तत्वले अझै पनि संविधान मास्न बल गरिरहेकोले त्यसलाई पूरा हुन नदिन यसअघि जस्तै गरि सञ्चार जगतले भूमिका खेल्नुपर्नेमा जोडसमेत दिइन्।

'प्रतिगामी तत्वले अहिले संविधान मास्न खोजिरहेका छन्, संविधानमाथि पटक–पटक हमला गरिरहेका छन्, दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेको अवस्थामा समेत पत्रकारले आफ्नो विवेक नगुमाई काम गरेको र देशका सबै पक्ष लागेका कारण संविधानविरोधी तत्वलाई पछाडी धकेल्न सफल भयौँ' उनले भनिन्।

उनले संविधानअनुसार सेना, प्रहरी, प्रशासन र न्यायालयमाथि अग्रगामी पुन: संरचना गर्न नसेकेकै कारण सोचेजसरी काम गर्न समस्या थपिएको पनि उनले सुनाइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.