|

काठमाडौं : नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको पाँचदिने अभिमुखिकरण तालिम सुरु भएको छ।

आइतबार जंगी अड्डामा आयोजित शुभारम्भ कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका २६ जना रक्षा संवाददाताहरूलाई सहभागी छन्।

सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै आफ्नो अमूल्य समय दिई सहभागी भएका रक्षा संवाददाताहरुलाई धन्यवाद प्रकट गरे। उनले नेपाली सेना सेना र सञ्चार माध्यमबीचको आपसी सहकार्य तथा सम्बन्ध विस्तार गर्ने कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले यस प्रकारको अभिमुखिकरण कार्यक्रम संचालनमा ल्याएको बताए।

अभिमुखीकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चामलन गरिने सेनाले जनाएको छ। साथै सेनाले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्र गौरवको आयोजना काठमाडौं ९तराई(मधेश द्रुतमार्गको फिल्ड भिजिटसमेत गराउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.