|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको त्रिभुवन आर्मी र नेपाल पुलिस बिचको विभागिय भिडन्त बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा आर्मी र पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।

दुवै टिमले पहिलो हाफ गोलरहित खेलेपनि दोस्रो हाफमा आर्मी विरुद्ध पुलिसले अग्रता लिएको थियो। तर पुलिसको अग्रतालाई आर्मीले लामो समय टिक्न दिएन। पहिलो हाफमा दुबै टिमले गोलका सीमित मौका पाएपनि स्कोर गर्न सकेनन्।

यद्धपि दोस्रो हाफमा भने पुलिसले अग्रता लियो। खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमरुनले हेड गोल मार्फत टोलिलाई अग्रता दिलाए। तर १० मिनेट पछिनै आर्मीका विवेक बस्नेतले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए। सब्सटिच्युट खेलाडीको रुपमा मैदान छिरेका विवेकले आर्मीलाई खेलमा फर्काएका थिए।
 

निर्धारित समयको ४ मिनेट बाँकी हुँदा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गरे पनि उक्त गोल अफसाइड ठहरिदा आर्मी संभावित जितबाट चुकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.