|

रुकुम (पूर्व) : नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतले पछि पार्दै आचार्य निर्वाचित भएका हुन्। आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाए।

मंगलबार रातिदेखि थालिएको मत गणना र बुधबार दिउँसोसम्म पदाधिकारीको मात्रै नतिजा सार्वजनिक भएको हो। सभापतिमा निर्वाचित आचार्य पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।

पूर्वमन्त्रीसमेत रहेका यसअघिका जिल्ला सभापति अमरसिंह पुन मगर प्रदेश समितिको सभापतिमा उम्मेदवार हुने निश्चित भएपछि तत्कालीन उपसभापति आचार्यलाई सभापति पदमा उम्मेदवार हुने ढोका खुलेको थियो।

सभापतिसँगै अन्य पदाधिकारी पनि पौडेल पक्षकाले नै जितेका छन्। उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर महरा क्षेत्री र सुनिलकुमार ओली विजयी भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.