|
जिल्ला अधिवेशनबारे नेपाली कांग्रेस मकवानपुरले गरेको पत्रकार सम्मेलन। तस्वीर : श्रीजना नेपाल

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ।

हेटौंडामा बागमती प्रदेश अधिवेशन गर्नुपर्ने र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न तयारी नपुग्ने भएकाले अधिवेशन सार्ने निर्णय गरिएको जिल्ला सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए।

मंसिर ७ गते मात्र संघको क्षेत्रीय अधिवेशन भएको र बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै गर्नुपर्ने भएकाले त्यसअघि जिल्ला अधिवेशन गर्न सम्भव नभएको निष्कर्ष निकालिएको बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बानियाँले जानकारी दिए।

उनले केन्द्रीय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्न निर्वाचन अधिकृत समक्ष अनुरोध गरेको बताए।

उनले बागमती प्रदेश अधिवेशनलाई सफल बनाउन आवश्यक तयारी गर्न नेता तथा कार्यकर्तालाई  निर्देशनसमेत दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.