|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औँ महाधिवेशनका लागि आज चितवन जाँदै छन्।  ओली बिहान ११ बजे चितवन जाने उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार ओली आजै चितवनमा आयोजना हुने केही कार्यक्रममा सहभागी हनेछन्। भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ।

नारायणगढस्थित नारायणी किनारमा उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ। महाधिवेशनका लागि अध्यक्ष ओलीसहित अन्य नेताहरू पनि आजै चितवन पुग्नेछन्। हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयोजक सुरेन्द्र पाण्डे पुगिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.