|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन्।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएको जानकारी दिए।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन्।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुझाएको धारणापत्र प्रधानमन्त्री देउवालाई पनि बुझाउने उनले बताए। उनले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाएकाे बताए।

प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरणको अवधारणाका विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताए।

बारले प्रधानन्यायाधीश विरुद्ध घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम आज सकिँदैछ। सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोक्ने सहमति भएसँगै सबैजसो न्यायाधीश काममा फर्किने भएका छन्। बारले भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई पहिलो सर्त बनाएर आन्दोलन जारी राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.