|

काठमाडौंः शुक्रबारदेखि हलमा दुईवटा बलिउड फिल्मले प्रदर्शन थालेका छन्। महेश मन्जेकरको निर्देशनमा बनेको 'अन्तिमः द फाइनल त्रुथ' र मिलाप जावेरीको निर्देशन रहेको 'सत्यमेव जयते २' ले शुक्रबारदेखि एकसाथ प्रदर्शन थालेका हुन्। 

सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म अन्तिममा सलमान खान, आयुष शर्मा र महिमा मकवानाको मुख्य भूमिका रहेको छ। अन्तिम मल्टिप्लेक्समा सर्वाधिक सोका साथ प्रदर्शन भइरहेको छ।

त्यस्तै 'अन्तिम'पछि सबैभन्दा धेरै सो 'सत्यमेव जयते २' ले पाएको छ। जोन अब्राहम र दिव्या खोस्ला कुमारको मुख्य भूमिका रहेको फिल्म सन २०१८ मा प्रदर्शनमा आएको 'सत्य मेव जयते'को सिक्वेल हो। 

नयाँ फिल्म प्रदर्शनमा आएसँगै तीन हप्ताअघि प्रदर्शनमा आएको 'सूर्यवंशी'को सो घटेको छ। क्युज सिनेमाज, सिने डि सेफ, वन सिनेमाजलगायतका मल्टिप्लेक्समा 'अन्तिम' र 'सत्यमेव जयते २' लाई मात्र सो दिएका छन् भने बिएसआर मुभिजमा एक सो र बिग मुभिजमा दुई सोका साथ 'सूर्यवंशी' पनि हलमा रहेको छ।

क्युएफएक्सले भने 'अन्तिम', 'सत्यमेव जयते २' र 'सुर्यवंशी' बाहेक 'इटर्नल्स', 'शाङ चि' र 'भेनम'लाई पनि सो दिएको छ। यतिवेला हलमा कुनै नेपाली फिल्म भने छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.