|

हेटौंडा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका सिमपानीमा बसले मोटरसाइकल ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

चितवनमा भएको नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागीलाई लिएर फर्किरहेको बसले शुक्रबार राति करिब १० बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको हो।  ना १६ प १८३५ नम्बरको मोटरसाइकल र ना ८ ख २८ १० नम्बरको बस ठोक्किँदा मोटरसाइकलमा सवार हेटौंडा उपमहानगरपालिका-३ बासामाडीका प्रमोदकुमार लामाको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए।

मोटरसाइकल चालक हेटौंडा १८ का ३८ वर्षीय सन्तोष थापा भने सामान्य घाइते भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.