|

पर्वत : नेपाली कांग्रेस कास्की जिल्ला सभापतिका लागि शनिवार भएको दोस्रो चरणको मतदानबाट किशोरदत्त बराल विजयी भएका छन्।

शुक्रवार भएको मतदानको परिणाममा सभापतिका उम्मेदवार रहेका पाँच जनाले नै ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिवार दोस्रो चरणमा उच्च मत प्राप्त गरेका बराल र सुदीपमोहन भट्टराईबीच प्रतिस्पर्धा भएको हो।

दोस्रो चरणमा भएको मतदानमा खसेका १ हजार ९२६ मतमध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका छन्। जसमा बरालको ५१ प्रतिशत मत पूरा भएको छ। कांग्रेसको विधानले जिल्ला सभापति हुन कुल खसेको मतमा ५१ प्रतिशतभन्दा मत ल्याउनुपर्ने प्रावधान छ।

शुक्रवारको मतदानमा बरालले ६४४ मत र भट्टराईले ४६९ मत ल्याएका थिए। कास्की कांग्रेसमा २०८८ मतदाता रहेकोमा शुक्रवारको मतदानमा दुई हजार २५ मत खसेकोमा शनिवार भने १ हजार ९२६ मत मात्रै खसेको थियो।

शुक्रवार भएको मतदानको परिणाम अनुसार तेस्रोमा आइबहादुर गुरुङले ४६२, चौथोमा पोषनाथ शर्माले ३३५ र गिरिराज गौतमले ६३ मत पाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.