|

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन नेता तथा कार्यकर्ताहरूमा छलफलमा जुटेका छन्।

नेकपा एमालेको जारी बन्द सत्रमा ओलीलाई सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा दिइएको छ। तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेको छ।

ओली पार्क सफारी रिसोर्टमा आइतबार बिहानैदेखि नेताहरुसँग छुट्टाछुट् र सामूहिक छलफलमा जुटेका छन्।

केही समयअघि उनलाई पूर्वमाओवादी नेताहरुले भेट गरेका थिए। यस्तै‚ अष्टलक्ष्मी शाक्य पनि ओलीलाई भेटेर निस्किसकेकी छन्। अहिले प्रदेश २ का अध्यक्षहरुसँग छलफलमा रहको बताइएको छ। भीम रावललाई छलफलमा बोलाएको भए पनि उनी हालसम्म आएका छैनन्।

बन्द सत्र हुने सेभेनस्टारमा भने महाधिवेशन प्रतिनिधिहरु तीन घण्टादेखि कुरिरहका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.