|

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सल्यानका दश पालिकामध्ये सात पालिकामा नयाँ नेतृत्व चयन गरेको छ।

शनिबार भएका दशवटै पालिकामध्ये सात पालिकाले नयाँ नेतृत्व चयन गरेका छन् भने तीन पालिकामा बन्दसत्र चलिरहेको छ।

बागचौर, बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा बन्दसत्र चलिरहेको र आज साँझसम्म सम्पन्न हुने माओवादी केन्द्र सल्यानले जनाएको छ। 

केन्द्रका अनुसार शारदा नगरपालिकामा नवीन भँडेल, कालिमाटी गाउँपालिकामा रुद्रबहादुर घर्ती, त्रिवेणी गाउँपालिकामा राजेन्द्रकुमार थापा, कपुरकोट गाउँपालिकामा प्रकाश भण्डारी, सिद्ध कुमाख गाउँपालिकामा रामबहादुर बस्नेत, दार्मा गाउँपालिकामा चन्द्रबहादुर रावत र छत्रेश्वरी गाउँपालिकामा प्रेमबहादुर खड्का निर्वाचित भएका छन्।

पालिकामा निर्वाचित पदाधिकारीहरूको विवरण 


शारदा नगरपालिका 
अध्यक्ष  : नवीनसिंह भँडेल 
उपाध्यक्ष  : तिलक विक, पुष्कर बस्नेत र सुकदेव विक 
सचिव : सन्तोषकुमार राई

कालिमाटी गाउँपालिका 
अध्यक्ष : रुद्रबहादुर घर्ती प्रगति 
उपाध्यक्ष : पुरुषोत्तम भट्टराई, गमबहादुर रावत र भोलाप्रसाद खत्री 
सचिव :शालीराम भट्टराई

कपुरकोट गाउँपालिका 
अध्यक्ष  : प्रकाश भण्डारी 
उपाध्यक्ष  : खड्कसिंह ठकुरी, शेरबहादुर पुन र लक्ष्मी बोहरा मल्ल 
सचिव :  बालाराम खड्का

त्रिवेणी गाउँपालिका
अध्यक्ष  : राजेन्द्रकुमार थापा   
उपाध्यक्ष : नेत्रप्रकाश पुन, कृष्णबहादुर केसी
सचिव  : छविलाल बुढाथोकी

सिद्ध कुमाख गाउँपालिकामा 
अध्यक्ष  : रामबहादुर बस्नेत 
उपाध्यक्ष : डिलबहादुर बोहरा, नरवीर चलाउने र भूमि बुढाथोकी 
सचिव  : रुद्र बुढाथोकी 

दार्मा गाउँपालिका
अध्यक्ष : चन्द्रबहादुर रावत
उपाध्यक्ष  :असबिर बुढाथोकी, टंक वली र टीका शर्मा वली
सचिव : दुर्गाबहादुर मल्ल

छत्रेश्वरी गाउँपालिका
अध्यक्ष  : प्रेमबहादुर खडका 
उपाध्यक्ष : ध्रुवराज भण्डारी, प्रेमलाल घर्ती र गणेश भारती 
सचिव  : हिमाल यात्री
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.