|

चौथो हप्तामा प्रदर्शन भइरहेको बलिउड फिल्म 'सूर्यवंशी'ले देशविदेशबाट ३ सय करोड भारतीय रुपैयाँ कमाएको छ। दीपावलीको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले चौथो हप्तामा २ सय ८० करोडभन्दा बढी आम्दानी गरेको हो। 

फिल्मले भारतमा मात्रै झण्डै १ सय ९० करोड कमाएको छ। कोरोना महामारी सुरु भएपछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले राम्रो प्रदर्शन गर्न नसकिरहेका वेला 'सूर्यवंशी'ले पहिलो दिन नै २६ करोड कमाएको थियो। जसले फिल्म क्षेत्र पनि पहिलेको अवस्थामा फर्किएको संकेत गरेको थियो। 

रोहित सेट्टीको निर्देशनमा बनेको एक्सन फिल्ममा अक्षय कुमार र कट्रिना केफ मुख्य भूमिकामा देखिएका छन्।

'सूर्यवंशी' सिंघम फ्रेन्चाइजको चौथो फिल्म हो। यसअघि प्रदर्शनमा आएका 'सिंघम', 'सिंघम रिटर्न्स' र 'सिम्बा' पनि व्यवसायिक रूपमा सफल भएका थिए। 

'सूर्यवंशी'ले नेपामा पनि उत्साहजनक प्रदर्शन गरेको थियो। 'सूर्यवंशी'ले पाएको सफलतापछि नै कोरोनाका कारण प्रदर्शन रोकिएका नेपाली फिल्मले पनि आफ्नो प्रदर्शन मिति सार्वजनिक गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.