|

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलाको चिलाउने खर्कमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ दुर्घटना भएको थियो। दुर्घटनामा जिप चालक करिब ४० वर्षीय चालक दुधबहादुर थापा, रघुगंगा-१ वेगकी वडा सदस्य ३० वर्षीया गौमाया विक, ३० वर्षीय खिम पुन र करिब ५० वर्षीय खिमनाथ शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।

वडासदस्य र चालकको बेनी अस्पतालमा ल्याउँदा ल्याउँदै निधन भएको थियो। अन्य दुईजनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब निरीक्षक राईले जनाकारी दिए।

दुर्घटनामा घाइते भएका चार जनालाई थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको छ। गम्भीर घाइते २० वर्षीय भिम फगामी, २३ वर्षीय मनोज पुन, २३ वर्षीय ज्ञानबहादुर शेरपुञ्जा र ५४ वर्षीय बलबहादुर विक रहेका छन्। जिपमा आठजना रहेको बताइएको छ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण नखुलेको प्रहरी नायब उपरीक्षक राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.